रियल म्याड्रिडलाई ३४ औँ ला लिगाको उपाधि

रियल म्याड्रिडलाई ३४ औँ ला लिगाको उपाधि

real madrid

भिल्लेरियाललाई २–१ गोलअन्तरले पराजित गर्दै रियल म्याड्रिडले एक खेल बाँकी छँदा नै स्पेनिस ला लिगाको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

खेलको २९ औँ मिनेटमा करिम बेन्जेमाले रियललाई अग्रता दिलाए भने दोस्रो हाफमा विवादास्पद पेनाल्टीबाट रियलको अग्रता दोब्बर बनाए । सर्जियो रामोशले पेनाल्टीबाट बेन्जेमालाई पास दिएपछि पेनाल्टीलाई पुनः प्रहार गर्न लगाइएको थियो । जसलाई बेन्जेमाले गोलमा परिणत गरेका थिए ।

खेलको अन्त्यतिर भिल्लेरियालका लागि भिन्सेटे इबोराले एक गोल फर्काए पनि रियललाई ३४ औँ लिग उपाधि जित्नबाट रोक्न सकेन । गत जुनमा ला लिगा पुनः सुरुवात गरेपछि जिनेदिन जिदानको टोलीले सबै १० खेल जितेको छ ।

‘यो अरुभन्दा विशेष छ । किनभने ला लिगा जित्नका लागि ठूलो मिहिनेत चाहिन्छ,’ रियल म्याड्रिडका म्यानेजरले भने । सन् २०१७ पछि रियलको यो पहिलो उपाधि हो । यो दशक रियलले ला लिगाभन्दा च्याम्प्यिन्स लिगको उपाधि बढी जितेको छ । पछिल्लो ९ सिजनमा रियलको यो मात्र तेस्रो लिग उपाधि हो । जिदानको पहिलो कार्यकालमा रियलले कीर्तिमानी लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ