कोरोना संक्रमित अभिनेत्री ऐश्वर्या छोरीसहित अस्पताल भर्ना

कोरोना संक्रमित अभिनेत्री ऐश्वर्या छोरीसहित अस्पताल भर्ना

ashwarya

काठमाडौँ । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नी छोरी आराध्यासहित अस्पताल भर्ना भएकी छन् ।असार २८ गते आइतबार कोरोना संक्रमित भएकी ऐश्वर्या र उनकी छोरी आराध्या अहिलेसम्म घरमै आइसोलेसनमै बसिरहेका भएपनि शुक्रबार राति उनीहरु मुम्बई स्थित ननावती अस्पताल भर्ना भएको भारतीय समाचार एजेन्सी एएनआइले जानकारी दिएको छ ।

बच्चन परिवारका अमिताभ बच्चन, अभिषेक बच्चनसहित चार जनामा कोरोना संक्रमण भएको छ । अमिताभ र अभिषेक यसअघि नै ननावती अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । परिवारमा जया बच्चनलाई भने रिपोर्ट निगेटिभ देखिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ