प्रिमियर लिग च्याम्पियन लिभरपुलले पछिल्लो खेलमा चेल्सीलाई पराजित गर्दै घरेलु मैदानमा ट्रफी उचालेको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा चेल्सीलाई ५-३ ले पराजित गरेको हो ।
उक्त खेलपछि लिभरपुललाई प्रिमियर लिग उपाधि प्रदान गरिएको थियो । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जितेको हो भने सन् १९९३ मा आधुनिक प्रिमियर लिग सुरु भएपछि भने लिभरपुलको यो पहिलो उपाधि हो ।
लिभरपुलका कप्तान जेण्डर हेण्डरसनले प्रिमियर लिगको उपाधि उचाल्ने मौका पाएका हुन् ।
घरेलु मदानमा भएको खेलमा लिभरपुलका लागि खेलको २३औं मिनेटमा नेबी केइटाले गोल गर्दै अग्रता दिलाएका थिए । ३८औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र ४३औं मिनेटमा जर्जिनिओ विजनाल्डमले गोल गरेपछि लिभरपुलले ३-० को अग्रता बनायो । पहिलो हाफको इन्जुरी टाइममा चेल्सीका ओलिभर जिरुडले गोल गर्दै लण्डन क्लबलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
तर ५५औ मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुको अग्रता ४-१ बनाए । त्यसपछि चेल्सीले लगातार दुई गोल फर्काउदा खेल रोमाञ्च बनेको थियो । ६१औं मिनेटमा टमी अब्राहम र ७३औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै खेलसीलाई खेलमा फर्काएका थिए । ८४औं मिनेटमा एलेक्स च्याम्बरलेइनले गोल गर्दै लिभरपुललाई ५-३ को जित दिलाए ।
लिभरपुलले जितपछि ३७ खेलबाट ९६ अंक जोडेको छ । पराजित चेल्सी चौथो स्थानमा झरेको छ र अर्को खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टह्यामसँग १-१ को बराबरी खेल्दै चेल्सीसँग अंक बराबरी गरेको छ । मिचेक एन्टोनिओले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए तर ५१ औँ मिनेटमा मासोन ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु