पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनित भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा बाग्लुङका श्रेष्ठसहित ६ जनालाई मनोनयन गरेका हुन् ।
बिहिबार मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका हुन् । राष्ट्रिय खेल संघको सिफारिसमा बाग्लुङ बिहु ४ का श्रेष्ठ सदस्य मनोनित भएका हुन् । चितवनका रिम रानाभाट र ओखलढुंगाकी इन्दिरा निरौलालाई खेल बिज्ञ र प्राविधिकको रुपमा मनोनित गरिएको छ । निरौला यसअघि पनि राखेप सदस्य थिइन् ।
त्यस्तै राष्ट्रिय खेल संघको सिफारिसमा नै काठमाडौं चपलीका अर्जुनबहादुर केसी र चितवन भरतपुर १ का सुवास श्रेष्ठ मनोनित भएका हुन् । परम्परागत साहसिक तथा पर्यटकीय खेलक्षेत्रको प्रतिनिधित्व गर्दै गोविन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरिएको जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै मन्त्रालयले परिषद्को बोडलाई पूर्णता दिन लागि परेको छ । नयाँ ऐनले ३७ जनाको परिषद्को बोर्डको परिकल्पना गरेको छ । मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले परिषद्को उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरिसकेको छ । राखेपको अध्यक्षमा मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था ऐनले गरेको छ ।
यहाँको खेलक्षेत्रलाई निराश बनाउँदिनः श्रेष्ठ
नवनियुक्त राखेप सदस्य सम्पन्न श्रेष्ठले आफूले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षका रुपमा गरेको कामकारबाही राम्रो भएको कुरा आजको उपलब्धिले पुष्टि गरेको बताए । ‘मैले अध्यक्षका रुपमा जे काम गरेँ, पक्कै राम्रो गरेकै कारण झनै ठूलो जिम्मेवारी मिलेको रुपमा बुझेको छु । यसले मलाई थप जिम्मेवारी बढाएको छ । काम गर्ने हौसला पनि बढेको छ ।’ श्रेष्ठले भने – ‘यहाँको खेलक्षेत्रलाई निराश बनाउँदिन ।’
उनले अब नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमै हुने र स्वभाविक रुपमा आफूले बढी जिम्मेवारी वहन गर्नुपर्ने भएकाले सबैको साथ सहयोगले सफल बनाउने समेत बताए । उनले भने – हिजो पनि राम्रो काम गर्दै आएको हो । भोलि पनि काम गर्ने नै हो । म आफै खेलाडी हुँदै यो ठाउँमा आएको हो । म खेल र खेलाडी बुझ्छु, उनीहरुको हक अधिकारका क्षेत्रमा म सधैं रहनेछु ।’
श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का बागलुङ जिल्ला कमिटि सदस्य, खेलकुद विभाग इन्चार्ज र राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय सदस्यसमेत हुन् ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु