गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६–७७मा पहिलो पटक शुरु गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रुपा आँपूखोलाका बासिन्दाको मुहारमा खुशी छाएको छ ।
रुपा गाउँपालिका वडानं ६ स्थानीय बर्षोदेखि हिल्लामे र धुल्लामे सडकमा हिड्न बाध्य भएकोमा गत आर्थिक बर्षको निर्बाचन पूर्वाधार कार्यक्रमबाट उक्त क्षेत्रका प्रदेश सांसद दीपक कोइरालाले २५ लाख बजेट विनियोजन गरेपछि स्थानीयले उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर ढलानबाटो निर्माण गरेका हुन । उक्तबाटोको नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा कास्की क्षेत्रनं १का सांसद खगराज अधिकारीले एक कार्यक्रमका विच उद्घाटन गए । पुर्वमन्त्री समेत रहेक अधिकारीले पार्टी के होला भन्ने बिषयमा चिन्ता नगर्न आग्रह गर्दै एकताबद्ध भएर जनताको सेवा निरन्तर लाग्ने बताए । स्थानीयलाई आफ्नै खुट्टामा उभिने गरि कृषि उत्पादन र पशुपालनमा लाग्न आग्रह गर्दे त्यहाँ उत्पादन भएका बस्तु बजार पठाउनुपर्नेमा उनको जोड थियो ।
गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य पुष्टि गर्नेकाम आँपु खोलाका जनताले गरेको काम बाट पुष्टि भएको बताए । स्थानीय गाउँपालिकाको समन्वयमा बजेट बिनियोजन गरिएको भन्दै कोइरालाले कम्युनिस्ट पार्टीको नेतृत्वका कारण नै विकासका कार्यक्रमले तिब्रता पाइरहेको दावी गरे ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेला जनता संग गरेकाबाचा अनुसार बाटो निर्माण भएको बताए । प्रदेश र संघसंगको सहकार्यले रुपाका जनताको मुहारमा खुशी आउनेगरि काम भएको बताए । अध्यक्ष ओझाले गाउँपालिकाले ६ महिना भित्र रहेका सवै खरको छानो भएका घरमा जस्तापाता राखिने जानकारी दिए ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयका प्रमुख इन्जिनियर किरण आचार्यले आँपुखोलाका जनताले इस्टिमेट भन्दापनि ९० मिटर बढि बाटो बनाएर उदारणीय कार्य गरेको बताए । बाटो निर्माणमा जनताले देखाएको सहभागिताले निर्वाचन क्षेत्र बिकास पुर्बाधार कार्यक्रमको उपयोगितालाइ पुष्टि गरेको उनको भनाई थियो ।
रुपा गाउँपालिका वडा ६ र ५ लाई जोड् उक्त मोटरबाटो निर्माण पछि गाउँलेको मुहारमा खुशी छाएको आँपूखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बलराम थापाले जानकारी दिए । कार्यक्रममा वडा नं – ६ का वडाध्यक्ष नारायण गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष रामचन्द्र खड्का, कोषाध्यक्ष लक्ष्मी खड्का, सचिव बुद्धिसागर घिमिरे लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?