गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई बुलेट बाइकसहित पिकअप भ्यान हस्तान्तरण

गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई बुलेट बाइकसहित पिकअप भ्यान हस्तान्तरण

Gandaki Pradesh Police bullet

पोखरा । गण्डकी प्रदेश सरकारले प्रहरीलाई सवारी साधन हस्तान्तरण गरेको छ ।

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी साधन उपलब्ध गराएको हो ।

प्रदेश सरकारले आइतबार प्रहरीलाई बुलेट बाइक ५ थान, पल्सर बाइक १८, टिभिएस अपाचे बाइक ५ थान र

४ थान पिकअप भ्यान हस्तान्तरण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई सवारी साधनका चाबि हस्तान्तरण गरेका थिए ।

सवारीको चाबी हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवम् प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहज हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds