पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

jipp acc

तस्वीर: सुरेन्द्र गुरूङकाे फेसबुकबाट

पोखरा । घान्द्रुकमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग २ च २८१७ नंको बोलेरो जीप दिउँसो १ः३० बजेको समयमा वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको बताइन्छ ।

दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनास्थलबाट शवपरीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ