पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ।
पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।
भारतले जम्मु-कश्मीरको स्वायत्तता खोसेर केन्द्र प्रशासित क्षेत्र बनाएको एक वर्ष पुग्नु अघिल्लो दिन जारी भएको पाकिस्तानी नक्सामा जम्मु-कश्मीरलाई पनि विवादित भू-भाग भनेर दाबी गरिएको छ। त्यस्तै गुजरातको जुनागढ पनि नक्सामा समावेश गरिएको छ।
कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधीनमा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ।
भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई तथाकथित र हास्यास्पद बताएको छ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले भनेको छ- पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको पाकिस्तानको तथाकथित राजनीतिक नक्सा हामीले देख्यौं। भारतको गुजरात जम्मु-कश्मीरमा आधारबिनाको दाबी गरिएको यो राजनीतिक मूर्खता हो। यस्तो हास्यास्पद दाबीको न कानुनी मान्यता छ न अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ