मृगाैला पीडित श्रेष्ठलाई अष्ट्रेलिया तनहुँ समाजद्वारा १ लाख ८१ हजार सहयोग

मृगाैला पीडित श्रेष्ठलाई अष्ट्रेलिया तनहुँ समाजद्वारा १ लाख ८१ हजार सहयोग

Raju Shrestha Tanahun Samaj australia

तनहुँ । तनहुँ दमौलीका पुराना भिडियो/ फोटाे पत्रकार राजु श्रेष्ठलाई दुबै मृगाैला प्रत्याराेपण गर्नुपर्ने अवस्था आएपछि उनको जीवन रक्षाको लागी अष्ट्रेलिया तनहुँ समाजले आर्थिक सहयोग गरेको छ ।

समाजले १ लाख ८१ हजार ४०५ रुपैयाँ सहयोग गरेको छ ।

अष्ट्रेलिया तनहुँ समाजको सहयोग रकम प्राप्त भएसंगै सहयोग जुटाउन सक्रिय सामाजिक अभियान्ता लक्ष्मीभक्त खनालले बिहिबार चितवन पुगि मृगाैला पीडित राजु श्रेष्ठलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका छ्न ।

हाल अष्ट्रेलिया रहेका विद्यार्थी तथा व्यबसायिक नेपालीको सहयोगमा अष्ट्रेलिया तनहुँ समाजले उक्त सहयाेग रकम संकलन गरेको समितिको अध्यक्ष दिनेश खनालले बताए ।

तनहुँको विभिन्न पत्रिका तथा टिभि र सामाजिक संजाल मार्फत मृगाैला पीडित राजु श्रेष्ठको जीवन रक्षाको समाचार पाए संगै सहयोगको लागि जुटाएको अष्ट्रेलिया तनहुँ समाजको महासचिव सुर्य खनालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ