दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया विमान दुर्घटना

दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया विमान दुर्घटना

Capture

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परेको छ।भारतको दक्षिणी राज्य केरलाको एयरपोर्टमा विमान दुर्घटना भएको हो।

विमान चालकसहित दुई जनाको मृत्यु भएको समाचारहरुमा जनाइएको छ।दुबईबाट आएको सो बिमान कालिकट एयरपोर्टमा भारी वर्षाका बीच दुर्घटनामा परेको भारतको उड्डयन प्राधिकरणले जनाएको छ। दुर्घटना स्थानीय समय अनुसार करिब ७ वजेतिर भएको हो।

विमानमा १९१ जना यात्रु रहेको बताइएको छ। एयरलाइन्सका प्रवक्ताका अुनसार अधिकांश यात्रु घाइते भएका छन्। विमानस्थलमा आकस्मिक उद्धारको कार्य जारी रहेको बताइएको छ।

दुर्घटनामा के कति क्षति पुग्यो भन्ने यकिन जानकारी आइसकेको छैन। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विमान दुई टुक्रा भएको देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ