स्याङजामा २२ प्रहरीले जिते कोरोना, १६ जना अझै आइसोलेसनमा

स्याङजामा २२ प्रहरीले जिते कोरोना, १६ जना अझै आइसोलेसनमा

Syangja Police

स्याङ्जा- स्याङ्जामा २२ प्रहरीसहित ३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत उनीहरु निको भएर डिस्चार्ज भएका हुन् । जसमध्ये २२ जना प्रहरी कर्मचारी छन्।

अब १६ जना प्रहरी कर्मचारी आइसोलेसनमा उपचारका क्रममा छन्। स्याङजामा ४१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, एक जना थुनुवा, २ जना प्रहरी कर्मचारीका छोराछोरी, ४ जना अर्जुनचौपारीका र एक जना भीरकोट नगरपालिकाका रहेको अस्पतालका कार्यकारी अधिकृत छायादत्त रेग्मीले जानकारी दिए।

उनीहरुको पीसीआर परिक्षणमा शुक्रबार साँझ नेगेटिभ देखिएपछि उनीहरुलाई शनिबार डिस्चार्ज गरिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित ३ जना प्रहरी कर्मचारीले कोरोना जितेका छन्। योसँगै २५ जना सुरक्षाकर्मीले कोरोना जितेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ