स्याङजामा २२ प्रहरीले जिते कोरोना, १६ जना अझै आइसोलेसनमा

स्याङजामा २२ प्रहरीले जिते कोरोना, १६ जना अझै आइसोलेसनमा

Syangja Police

स्याङ्जा- स्याङ्जामा २२ प्रहरीसहित ३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत उनीहरु निको भएर डिस्चार्ज भएका हुन् । जसमध्ये २२ जना प्रहरी कर्मचारी छन्।

अब १६ जना प्रहरी कर्मचारी आइसोलेसनमा उपचारका क्रममा छन्। स्याङजामा ४१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, एक जना थुनुवा, २ जना प्रहरी कर्मचारीका छोराछोरी, ४ जना अर्जुनचौपारीका र एक जना भीरकोट नगरपालिकाका रहेको अस्पतालका कार्यकारी अधिकृत छायादत्त रेग्मीले जानकारी दिए।

उनीहरुको पीसीआर परिक्षणमा शुक्रबार साँझ नेगेटिभ देखिएपछि उनीहरुलाई शनिबार डिस्चार्ज गरिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित ३ जना प्रहरी कर्मचारीले कोरोना जितेका छन्। योसँगै २५ जना सुरक्षाकर्मीले कोरोना जितेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ