अबको ३ दिनमा कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक हुने

अबको ३ दिनमा कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक हुने

corona vaccine

symbolic picture

काठमाडौं । रुसको मस्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको भ्याक्सिनले बुधबार अर्थात अबको ३ दिनपछि स्वीकृति पाउने बताइएको हो ।

रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइने बताए ।

स्वास्थ मन्त्री मिखाइल मुरास्र्कोले अक्टुुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए ।

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको रुसी सञ्चारमाध्यम आरटीमा प्रकाशित समाचारमा उल्लेख छ । विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित शीर्ष ४ देशमध्ये रुस एक हो । ९ लाख नजिक संक्रमित छन् ।

एडेनोभाइरस नामक कमन कोल्डमा आधारित रहेर रुसले भ्याक्सिन विकास गरेको हो । भ्याक्सिनको अध्ययनका लागि लगानी गरेको रुसको सोभर्जियन वेल्थ फन्डका प्रमुख किरिल डिमिट्रिइभले गत साता भ्याक्सिन निर्माणको प्रक्रियालाई अन्तरिक्ष यान बनाउने प्रतिस्पर्धासँग जोडेका थिए ।

रुसले भ्याक्सिनको विकास गरेको बताइरहँदा कतिपय पश्चिमा देशले भने यसको वैधतापनि प्रश्न उठाउँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds