काठमाडौं । रुसको मस्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको भ्याक्सिनले बुधबार अर्थात अबको ३ दिनपछि स्वीकृति पाउने बताइएको हो ।
रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइने बताए ।
स्वास्थ मन्त्री मिखाइल मुरास्र्कोले अक्टुुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए ।
रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको रुसी सञ्चारमाध्यम आरटीमा प्रकाशित समाचारमा उल्लेख छ । विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित शीर्ष ४ देशमध्ये रुस एक हो । ९ लाख नजिक संक्रमित छन् ।
एडेनोभाइरस नामक कमन कोल्डमा आधारित रहेर रुसले भ्याक्सिन विकास गरेको हो । भ्याक्सिनको अध्ययनका लागि लगानी गरेको रुसको सोभर्जियन वेल्थ फन्डका प्रमुख किरिल डिमिट्रिइभले गत साता भ्याक्सिन निर्माणको प्रक्रियालाई अन्तरिक्ष यान बनाउने प्रतिस्पर्धासँग जोडेका थिए ।
रुसले भ्याक्सिनको विकास गरेको बताइरहँदा कतिपय पश्चिमा देशले भने यसको वैधतापनि प्रश्न उठाउँदै आएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर