किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ

किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ

badbreath

खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ ।

  • मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा ?

-धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

-धेरै तातो र धेरै चिसो नखाने ।

-मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

-हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
-मुखमा खानेकुरा राखेर नसुत्ने ।

-बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

-बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

-रेसा भएको र पोसिलो खानेकुरा खाने ।

-पानी प्रशस्त पिउने ।

-वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

-नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

-फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

-हरेक ५ महिनामा दाँत जँचाउने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ