नेपालमा कोरोना संक्रमित कुन जिल्लामा कति ? (सूचिसहित)

नेपालमा कोरोना संक्रमित कुन जिल्लामा कति ? (सूचिसहित)

corona-update-photo

नेपालमा  जनवरी २३ अर्थात गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित बिरामी भेटिएको थियो ।

दैनिक रुपमा विश्वमा लाखौंको संख्यामा संक्रमित थपिरहेको अवस्थामा नेपालमा पनि दैनिक तीन सय भन्दा बढि संक्रमित थपिएका छन भने मृत्युको संख्या पनि बढ्दै गएको छ ।

यो सामाग्री तयार पार्दासम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ३१० जना पुगेको छ । तीमध्ये १६ हजार ४ सय ९३ जना निको भएर घर फर्किएका छन् । भाइरसको संक्रमणबाट नेपालमा पनि ८० जनाको ज्यान गइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ७७ जिल्लामा संक्रमितहरुको संख्या यस्तो छ ।
  • कुन जिल्लामा कति संक्रमित ?

ताप्लेजुङमा १५ जना, पाचँथरमा ८ , इलाम ८०, तेह्रथुम ८, झापा ३९७, मोरङ ५९३,

सुनसरी २०२, धनकुटा १६, संखुवासभा ६, भोजपुर ८, खोटाङ १७, उदयपुर ९७,

ओखलढुङगा २३, रामेछाप ४८, दोलखा १५, सप्तरी ५७५, सिरहा २६९, धनुषा ८८५,

महोत्तरी ९४३, सिन्धुली ३१, दोलखा १५, सोलुखुम्बु ८, सिन्धुपाल्चोक ७३,

काभ्रेपलाञ्चोक ४३, सर्लाही ८९१, रौतहट १५७३, बारा २८७, पर्सा १,११२,

मकवानपुर ८२, ललितपुर १४३, काठमाडौं ९४८, भक्तपुर ८९, नुवाकोट ५७,

रसुवा १२, धादिङ १५४, गोरखा १३९, लमजुङ ११८, तनहुँ १८९,

चितवन १३७ रहेका छन् । यस्तै पूर्व नवलपरासीमा ३६१, पश्चिम नवलपरासी १२८,

कास्की १७८, स्याङ्जा ३०६, पाल्पा ३७०, पर्वत १०४, रुपन्देही ३७६, कपिलवस्तु ८७९,

अर्घाखाँची ३४६, गुल्मी ३७९, बागलुङ २६४, म्याग्दी ५१, मनाङ १, मुस्ताङ १, डोल्पा ५,

रुकुम पूर्व १२, रुकुम पश्चिम ४२, प्यूठान ३५८, दाङ ७११, रोल्पा ७४, सल्यान २७७,

बाँके ६३१, बर्दिया २७०, सुर्खेत ५९९, दैलेख ९८६, जाजरकोट २८, जुम्ला ५४,

कालिकोट ८०, मुगु १२, हुम्ला ४, बाजुरा ६२२, बझाङ २९६, कैलाली १,२७८, अछाम ७३०,

डोटी ७९२, कञ्चनपुर ५७५, डडेलधुरा ३१२, बैतडी २९८, दार्चुला ३९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार, नेपालमा युवावर्गहरु धेरै संक्रमित भएका छन् । संक्रमण महिलामा भन्दा पुरुषमा धेरै देखिएको छ । नेपालमा ८४।१ प्रतिशत पुरुषहरु संक्रमित भएका छन् भने महिलाहरु जम्मा १५।९ प्रतिशत मात्र संक्रमित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ