गायक निशान भट्टराईले गरे प्रेमिकासँग विवाह

गायक निशान भट्टराईले गरे प्रेमिकासँग विवाह

nisanta-bhatrai

काठमाडौँ- गायक निशान भट्टराईले विवाह गरेका छन्। भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन्।

काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको विवाह भएको हो। नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन्।

नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । निशानले प्रेमिका न्यौपानेसँग ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरीसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds