सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा। युवराज खतिवडाले बताए ।
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।
५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए ।
कोभिड–१९ संक्रमित र ज्यान गुमाउनेका संख्या बढ्दै गएपछि सरकारले आफ्नो पुर्व निर्णयमा पुनर्विचार गरेको हो ।
‘फेस टु फेस’ पढाइ अझै अनिश्चित
विद्यार्थी भर्नाबारे निर्णय गरे पनि ‘फेस टु फेस’ पढाइ भने अझै अनिश्चित बनेको छ । मन्त्रि परिषद बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
गत चैत ५ गतेपछि शैक्षिक संस्थाहरूमा ‘फेस टु फेस’ पढाइ हुन सकेको छैन । कोभिड–१९ कै कारण यो वर्ष माध्यमिक शिक्षा परिक्षा (एसईई) हुन सकेन । विद्यालयको आन्तरिक मूल्यांकनको आधार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशनको तयारी गरेको छ ।
यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा पनि सम्बन्धित विद्यालयले नै लिने भएको छ ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु