धेरैजसो महिलाहरूलाई गर्भवती हुँदा कति खानुपर्छ भन्ने थाहै छैन । बेलायतको नेसनल च्यारिटी पार्टनरसिपले गराएको एक सर्वेक्षणको परिणामले यसतर्फ इशारा गरेको छ ।
गर्भवती महिलामध्ये जम्मा एक तिहाइलाई मात्र यस प्रश्नको सही जवाफ थाहा भएको सर्वेक्षणको नतिजाले देखायो । बेलायतमा मानिसहरूको स्वास्थ्यमाथि निगरानी गर्ने नाइस नामक संस्थाको सल्लाहअनुसार गर्भावस्थाको पहिलो ७ महिनामा अतिरिक्त क्यालोरी आवश्यक हुँदैन ।
तर गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाहरूले हरेक दिन २०० क्यालोरी अतिरिक्त लिनुपर्छ । यति क्यालोरी जैतूनको तेलमा तताइएको दुईवटा ब्रेडबाटै पाइन्छ ।
- साधारणतया महिलाहरूले गर्भावस्थाका बेलामा दुईजनाका लागि भोजन गर्नुपर्ने आवश्यकता रहने अनुमान गरिन्छ स् आफ्नै लागि र पेटमा भएको बच्चाका लागि ।
- तर रोयल कलेज अफ अब्स्टेट्रिसियनन्स एन्ड गायनोकोलोजिस्ट्ससँग मिलेर नेसनल च्यारिटी पार्टनरशिपले यो मिथकलाई झुटो साबित गर्ने प्रयास गरेको छ ।
- गर्भवती महिलाले हरेक दिन सामान्यतया दुई हजार क्यालोरी आवश्यक हुन्छ । यसमा ठोस र तरल दुवै पदार्थ पर्छन् ।
- चिकित्सकहरूका अनुसार खाना सन्तुलित हुनुपर्छ जसमा फल र तरकारीहरू, कार्बोहाइड्रेट (पास्ता र आलु), प्रोटीन (दाल, माछामासु, दुग्ध पदार्थ) र बोसो समावेश हुनुपर्छ ।
- रोयल कलेजका प्राध्यापक जेनिस राइमरका अनुसार गर्भवती अवस्थामा धेर खाँदा महिलाहरूलाई नोक्सानी हुन्छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु