धेरैजसो महिलाहरूलाई गर्भवती हुँदा कति खानुपर्छ भन्ने थाहै छैन । बेलायतको नेसनल च्यारिटी पार्टनरसिपले गराएको एक सर्वेक्षणको परिणामले यसतर्फ इशारा गरेको छ ।
गर्भवती महिलामध्ये जम्मा एक तिहाइलाई मात्र यस प्रश्नको सही जवाफ थाहा भएको सर्वेक्षणको नतिजाले देखायो । बेलायतमा मानिसहरूको स्वास्थ्यमाथि निगरानी गर्ने नाइस नामक संस्थाको सल्लाहअनुसार गर्भावस्थाको पहिलो ७ महिनामा अतिरिक्त क्यालोरी आवश्यक हुँदैन ।
तर गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाहरूले हरेक दिन २०० क्यालोरी अतिरिक्त लिनुपर्छ । यति क्यालोरी जैतूनको तेलमा तताइएको दुईवटा ब्रेडबाटै पाइन्छ ।
- साधारणतया महिलाहरूले गर्भावस्थाका बेलामा दुईजनाका लागि भोजन गर्नुपर्ने आवश्यकता रहने अनुमान गरिन्छ स् आफ्नै लागि र पेटमा भएको बच्चाका लागि ।
- तर रोयल कलेज अफ अब्स्टेट्रिसियनन्स एन्ड गायनोकोलोजिस्ट्ससँग मिलेर नेसनल च्यारिटी पार्टनरशिपले यो मिथकलाई झुटो साबित गर्ने प्रयास गरेको छ ।
- गर्भवती महिलाले हरेक दिन सामान्यतया दुई हजार क्यालोरी आवश्यक हुन्छ । यसमा ठोस र तरल दुवै पदार्थ पर्छन् ।
- चिकित्सकहरूका अनुसार खाना सन्तुलित हुनुपर्छ जसमा फल र तरकारीहरू, कार्बोहाइड्रेट (पास्ता र आलु), प्रोटीन (दाल, माछामासु, दुग्ध पदार्थ) र बोसो समावेश हुनुपर्छ ।
- रोयल कलेजका प्राध्यापक जेनिस राइमरका अनुसार गर्भवती अवस्थामा धेर खाँदा महिलाहरूलाई नोक्सानी हुन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी