एट्लेटिको मड्रिड स्तब्ध, आरबी लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

एट्लेटिको मड्रिड स्तब्ध, आरबी लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

rb lazpug

स्पानिस क्लब एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै जर्मन क्लब आरबी लाइपजिग पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । टेलर एडम्सले खेल सकिन दुई मिनेटअघि निर्णायक गोल गरेपछि लाइपजिगले एट्लेटिकोलाई २-१ ले पराजित गरेको हो ।

लाइपजिगले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।

पोर्चुगलको लिस्वनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ५०औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ७१औं मिनेटमा जाओ फेलिक्सले पेनाल्टीमार्फत एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

८८औ मिनेटमा एडम्सले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए । लाइपजिग युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा पहिलो पटक अन्तिम चारमा पुगेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने लाइपजिग ३२औं क्लब बनेको छ ।

च्याम्पियन्स लिगको बाँकी क्वाटरफाइनलमा बायर्न म्युनिख र बार्सिलोना तथा म्यानचेष्टर सिटी र लियोनबीच खेल हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ