डिजी स्कुलले ५० हजार विद्यार्थीलाई अन्तराष्ट्रिय कम्प्युटर कोर्सको नि:शुल्क प्रशिक्षण दिने

डिजी स्कुलले ५० हजार विद्यार्थीलाई अन्तराष्ट्रिय कम्प्युटर कोर्सको नि:शुल्क प्रशिक्षण दिने

received_2669295643338121

काठमाडौ । शैक्षिक गतिविधि ठप्प प्राय रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युटर कोर्स अध्यापन गराउने डिजी स्कूलले पचास हजार विद्यार्थीलाई अनलाइन बाटै कम्प्युटर शिक्षा दिने अभियान ल्याएको छ।

बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिइएको हो । लामो समय देखि आइटी र ब्यवस्थापनमा अध्यन गराउँदै आएका सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्स र सनवे कलेजको सहकार्यमा डिजी स्कुल नेपालमा संचालित छ।

हालसम्म नेपालका करिब पचास बढि स्कूलहरू डिजी स्कुलको कम्प्युटर पाठ्यक्रम बाट लाभान्वित भएका छन। डिजि स्कुलको सहयोगमा ति स्कुलले डिजी स्कुलको पाठ्यक्रम अनलाइन कक्षा मार्फत पढाउँदै आएका छन् ।

डिजी स्कुलले निशुल्क शिक्षा व्यवस्थापन प्रणालीसँगै विद्यालयहरुलाई अनलाइन कक्षा, अनलाइन परीक्षा, अनलाइन प्रगति, अनलाइन नतिजा, क्विज र प्रमाणपत्रसहित बिद्यालय ब्यवस्थापन सफ्टवेयर पनि प्रदान गर्दछ ।

कोभिड–१९ को महामारीको अवस्थामा डिजि स्कुलले कम्प्युटर कोर्षको भिडियो कक्षा, अनलाइन असाइनमेन्ट, अध्ययन सामग्री र परिक्षाको ब्यवस्थापन सबै अनलाइनबाटै गरेको छ। विद्यार्थीहरुले प्रत्येक पाठ्यक्रम पुरा गरे बापत प्रमाणपत्र प्राप्त गर्नेछन्।

डिजी स्कुलका संस्थापक एवम् सिइओ बिज्ञान श्रेष्ठ भन्छन-“यो समय प्रविधिको हो । कम्प्युटर सीप आधारभुत बनाउनुपर्दछ , अर्थात् स्कूलको स्तरबाटै । आजका बच्चाहरूले कम उमेरमै कोडिङ, ग्राफिक्स, भिडियो सम्पादन सिकिरहेका छन् । नेपालका स्कुलका विद्यार्थीहरू पनि त्यस्तो अवसरबाट वञ्चित हुनु हुँदैन ।” डिजी स्कूलको अवधारणा भनेको प्रविधिको प्रयोग गरी स्कूल स्तरमा कम्प्युटर शिक्षा र डिजिटल नेपालको सपना साकार पार्नु रहेकोे श्रेष्ठले बताए।

यद्यपि प्राय जसो विद्यालयहरू चुनौती र कठिनाइहरूको सामना गर्दै पाठ्यक्रम वितरण गर्न शिक्षकहरू समेत खोजिरहेका छन् । कोभिड–१९ को महामारीले देशभरका सबै विद्यालय बन्द छन् । केही विद्यालयहरूसँग पर्याप्त कम्प्युटर प्रयोगशाला र शिक्षकहरू समेत छैनन् । त्यसैले प्रविधिको सदुपयोग गरि वेबसाइटमा लग इन गरेर डिजी स्कूलको पाठ्यक्रम अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन्।

विद्यार्थीले विद्यालय तहमै वेबसाईट, र मोबाइल एप बनाउन सक्षम हुने श्रेष्ठले बताए। सिपमुखी पढाइ भएकाले आइटी अध्यन गर्नेहरु स्वरोजगार बन्ने र ईन्टरनेटले पुरै बिश्व एउटा गाउँ बनाएको समयमा घरबाटै देश बिदेशको विभिन्न काम गर्न सक्ने श्रेष्ठको भनाइ छ।

अनलाइन भएकाले डिजी स्कुल विश्वव्यापी अभियान हो। विदेशमा रहेका नेपाली बालबच्चालाई समेत आवद्ध गराउन सुरु गरिएको श्रेष्ठले बताए । अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, युके, दुबई, मलेसिया लगायत देशमा बसोबास गरिरहेका अभिभावकहरूले पनि डिजी स्कुलको पाठ्यक्रममा भर्ना हुन सक्छन् र उनीहरूलाई पाउनु पर्ने उत्तम आईटी शिक्षा दिन सक्ने डिजी स्कुलका सह–संस्थापक घनश्याम घिमिरले बताए।

डिजी स्कुल मार्फत कम्प्युटर कोर्स गर्न चाहने विद्यालय एवम विद्यार्थीले डिजी स्कुलको वेबसाईट
(digischoolglobal.com/register) मा गएर आफ्नो जानकारी सहित दर्ता गर्न सक्नेछन् वा ९८०१२२४२५५ मा सम्पर्क गरेर एवं [email protected] मा इमेल गरेर पनि सहभागी हुन सक्छन्।

के हो डिजी स्कुल ?
https://youtu.be/AbR2Is0fIWw

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds