‘मिस्टर बिचौलियाको नाउँमा’

‘मिस्टर बिचौलियाको नाउँमा’

Yagyarajl
  • यज्ञराज पौडेल

अक्सर
समाचारहरुमा सुन्छु
मेरो देश
विचौलियाहरुले चलाउँछन ।
मैले पढ्ने शिक्षालय
उपचार गर्न जाने अस्पताल
यहाँसम्म कि
मैले बाल्ने बिजुलीको
रिमोट कन्ट्रोल पनि
उनीहरुकै हातमा हुन्छ ।

ठीक त्यसैबेला
मेरो दिमागमा एउटा प्रश्न उठ्छ
मैले शब्द रोप्ने अक्षरको खेत त
बिचौलिया कहाँ बन्धकी त छैन नि रु

मलाई त्यतिबेला
थाहा थिएन
मेरो प्रश्नको उत्तर
आफै भित्रबाट आउँछ भनेर ।

मेरो अक्षरको एउटा टुक्रा
मेरो आँखै अगाडि
सबका सामु लिलामी गरेर
बिचौलियाले किनेको छ यो कुरुप समय

यतिखेर फेरि मेरो मनमा
प्रश्न उठेको छ ।
उसको सामु म निरिह हुन्छु
कि दह्रो भएर उभिन्छु रु

मेरो अन्तर्हृदयले सजिलै उत्तर दिन्छ
निरंकुशताका थुप्रै अवतार मिल्काउन
इनक्लाव जिन्दाबादको नारा घन्काउने
यो स्वाभिमानी शिर
नाथे बिचौलियासँग झुक्नु हुँदैन ।

आफ्ना लागि होइन
अरुका लागि नै सही
फेरि कुनै अक्षरको किसानले
आफ्ना भावनाहरुको लिलामी
आफ्नै आँखा अगाडि हेर्न नपरोस् ।
हिम्मत भए
अक्षरको मैदानमा आए हुन्छ
मिस्टर बिचौलिया
ज्यान हाजिर छ ।

पोखरा महानगरपालिका–२५, हेमजा, कास्की
मिति: २०७७-०४-३२

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ