स्याङ्जामा गोरु काटेर खाएको अभियोगमा चार पक्राउ

स्याङ्जामा गोरु काटेर खाएको अभियोगमा चार पक्राउ

arrested

सांकेतिक तस्विर

स्याङ्जा । अर्जुनचौपारी गाँउपालिका  ४ दमै चौताराबाट गोरु काटेर खाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने दीपक नेपाली, शिव नेपाली,  खेम परियार र  प्रेम नेपाली रहेका छन् ।

जिउँदो गोरु काटेको खबर सोमबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई गोरुको मासु सहित फेला पारी पक्राउ गरको हो ।

जिल्ला अदालतबाट २५ दिनको म्याद थप भई उनीहरू उपर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ