मेसीले अन्ततः बार्सिलोना छोड्ने नै भए

मेसीले अन्ततः बार्सिलोना छोड्ने नै भए

messi

अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीले स्पेनिश फुटबल क्लब बार्सिलोना छोड्ने निश्चित भएको छ । क्लबले मंगलबार यसबारे पुष्टि गर्दै मेसीले कारवाही अघि बढाउनका लागि व्यवस्थापनलाई दस्तावेज पठाइसकेको जानकारी दिएको छ ।

३३ वर्षीय गोल मेसिन मेस्सीले क्लबसँग सन् २०१७ मा सम्झौता बढाएका थिए जून सन् २०२१ मा समाप्त हुँदै छ । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मेसीले जुनसुकै बेला पनि क्लब छोड्न सक्छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा अगस्ट १५  मा जर्मनीको क्लब बायर्न म्यूनिखले बार्सिलोनालाई ८–२ ले हराएको थियो । त्यसपछि मेसीले टोली छोड्ने करिब निश्चित नै थियो । यद्यपी क्लबले भने मेसीलाई गुमाउन चाहेको थिएन ।

मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमा १६ अक्टोबर सन् २००४ मा डेब्यू गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म उनले टीमका लागि ७ सय ३१ म्याचमा ६ सय ३४ गोल हाने र २ सय ७६ वटा गोल हान्न सहयोग गरे । यतिबेला उनले टीमलाई १० ला लिगा र ४ यूइएफए च्याम्पिनन्स लीगसमेत ३४ उपाधि जिताएका छन् ।

यसै वर्ष जनवरीमा एर्नेस्तो वेलवेर्देलाई बार्सिलोनाको कोचको पदबाट हटाइएको थियो । यस विषयमा मेसी र स्पोर्टिङ म्यानेजर एरिक अबिदालबीच सम्बन्ध खराब छ ।

अबिदालले मेसीको नाम नलिइकनै वेलवेर्देसँग टीमका खेलाडी खुसी नभएका कारण उनलाई बर्खास्त गरिएको बताए । मेसीले यसको जवाफमा भनेका थिए, ‘नाम नलिइकनै खेलाडीको आलोचना गर्नु गलत हो । ’

यो विवादपछि मिडियामा मेसीले क्लबसँग आफ्नो सम्झौता नबढाउने अनुमान गरिएको थियो ।

चारवटा क्लबबीच मेसीलाई खरिद गर्ने होडबाजी चलेको छ । म्यान्चेस्टर सिटी, इन्टर मिलान,  नेवेल्स ओल्य बोयज,  अल–सादले मेसी लिन चाहेको छ ।

 म्यान्चेस्टर सिटीले यसपटक घरेलू लीग पनि जित्न सकेन । उसको कोच गुआर्डिओलाले बार्सिलोनालाई कोचिङ दिइसकेका छन् । यस्तोमा उनी यो खेलाडीलाई क्लबसँग जोडेर सिटीलाई घरेलू र युरोपियन च्याम्पियन बनाउन चाहन्छ ।

मेसीका प्रतिद्वन्द्वी रोनाल्डो इटलीको क्लब युभेण्टसमा खेल्छन् । यस्तोमा इन्टर मिलानले मेसीलाई अनुबन्ध गरेर यी दुईलाई पुनः प्रतिद्वन्द्वीको रुपमा मैदानमा उतार्न चाहन्छ । मेसीका अर्जेन्टिनाका पुराना साथी जेविय जानेटी बोर्डका भाइस प्रेसिडेन्ट हुन् ।

नेवेल्स ओल्य बोयज अर्जेन्टिनाको मेसीको सुरुवाती क्लब हो । उनी ६ वर्षको उमेरदेखि यो क्लबसँग जोडिएका थिए र ५ सय गोल गरेका थिए ।

 कतारको क्लब अल–सादका म्यानेजर बार्सिलोनाका पूर्व कप्तान जावी हुन् । कतारमा विश्वकप पनि आयोजना हुँदैछ । यस्तोमा क्लबले मेसीलाई जोडेर माहौल बनाउन चाहन्छ ।

– दैनिक भास्कर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ