काठमाडौँ – भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला फेरि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतले आरोप छ ।
झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको छ। झडपमा के कति हताहती भयो भन्नेबारे अहिलेसम्म केही पनि खुलाइएको छैन । भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दावी गरेका छन्।
यसअघि जुन १५ मा लद्दाखकै गलवान क्षेत्रमा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुबै मुलुकका सेनाले सीमा क्षेत्रमा तैनाथी बढाएका थिए । चिनियाँ सेनाले हिमाली क्षेत्रमा अत्याधुनिक हतियारसहित सैन्य अभ्यास गरेको सार्वजनिक भएको थियो भने भारतीय सेनाले जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएको थियो ।
१३४ किलोमिटर लामो प्याङ्गोङ ताल ६०४ वर्ग किलोमिटर क्षेत्रफलमा तिब्बतदेखि भारतीय क्षेत्रसम्म फैलिएको छ। उक्त तालको दुई तिहाई हिस्सामा आफ्नो नियन्त्रणमा राखेको चीनले अतिक्रमण आफ्नो क्षेत्रमा पनि अतिक्रमण गर्न खोज्दा विवाद हुँदै आएको भारतीय दाबी छ । उक्त तालको ४५ किलोमिटर पश्चिमी भाग भारतको नियन्त्रणमा छ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’