क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावह फेरी पराजित भएको छ ।सेमिफाइनलमा पुगिसकेको जमैका समुह चरणको आफ्नो अन्तिम खेलमा सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित भएको हो ।
गएराती सम्पन्न खेलमा सेन्ट लुसियाले दिएको १४६ रनको लक्ष्य पछाएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन मात्र बनाएपछि जमैका ११ रनले पराजित भएको हो ।
प्रतियोगितामा जमैकाको यो छैठौ हार हो । यस खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन सहित २० रन दिएर एक विकेट लिएका थिए । सन्दीपले ३२ रन बनाएर खेलिरहेका रहकीम कोर्नवेललाई बोल्ड आउट गरेका थिए ।
योसंगिया सन्दीपले यस सिजनको सिपिएलमा १० खेलका ९ इनिंगमा १२ विकट लिएका छन् । सन्दीप धेरै विकेट लिने खेलाडीको सुचीमा चौथो स्थानमा रहेका छन् ।
योसँगै सिपिएलका लिग चरणका खेलहरु सकिएका छन् ।
अब पहिलो सेमिफाइनलमा ट्रीनबागो नाइट राइडर्स र जमैका तल्लावह खेल्ने छन् । उनीहरुबीच सेप्टेम्बर ८ अर्थात आगामी मंगलबार खेल हुने छ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्स खेल्ने छन् । जुन खेल सेप्टेम्बर ९ अर्थात बुधबार बिहान हुने छ ।
सिपिएलको फाइनल भने विहिबार साँझ हुने छ ।
त्यस्तै सिपिएलबाट डिफेन्डिङ च्याम्पियन बार्बाडोस ट्रीडेन्टस र सेन्ट किट्स एण्ड नेभिस सेमिफाइनलमा नपुग्दै बाहिरिएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु