कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

corona death

File Photo.

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६ पुगेको छ।

४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष गरी ६ जनाको मृत्यु भएको हो।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds