गण्डकीमा हालसम्म १,८०४ ले जिते कोरोना, नेपालमा ३२,९६४ निको भए

गण्डकीमा हालसम्म १,८०४ ले जिते कोरोना, नेपालमा ३२,९६४ निको भए

Gandaki Pradesh Map 2

गण्डकी प्रदेशमा हालसम्म १८०४ जनाले कोरोना जितिसकेका छन् । यहाँ कोरोना संक्रमितको संख्या २६६० पुगेको छ । यसमध्ये २१ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १ मा २८१६ जना

प्रदेश २ मा ९५२३ जना

वाग्मती प्रदेश ५००४ जना

गण्डकी प्रदेशमा १८०४जना

प्रदेश ५ मा ५७७१ जना

कर्णाली प्रदेशमा २३९८ जना

सुदूरपश्चिम प्रदेशमा ५४८० जना

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ