फ्रिकिकमा गोल गर्दै रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा

फ्रिकिकमा गोल गर्दै रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा

sD4xhazR5F7ifoxWYdeg

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका छन् । १० खेलाडीमा सिमित स्विडेनविरुद्ध रोनाल्डोले खेलको ४५औ र ७२औ मिनेटमा गोल गरेका थिए । स्विडेनका गुसतभ स्भेन्सन खेलको ४४औ मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए ।

रोनाल्डोले ४५ औ मिनेटमा गोल गरेसँगै अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पुरा गरेका छन् । रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सय गोल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा इरानका अलि दाइले १०९ गोल गरेका छन् । रोनाल्डो अब यो किर्तिमान तोड्न ८ गोल टाढा रहेका छन् ।

योसजितपछि पोर्चुगल नेसन्स लिगको समुह ३ मा २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा छ भने ६ अंकका साथ नै फ्रान्स दोस्रो स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds