गण्डकीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

गण्डकीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

death-by-corona

सांकेतिक तस्विर

नवलपुर –  नवलपुरका ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका -१२ स्थायी ठेगाना भएका ती पुरुषको लुम्बिनी अस्पताल रुपन्देहीमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्याको उपचार गराइरहेका ती पुरुषको कोरोना परीक्षण गरिएकोमा पोजेटिभ देखिएकोमा गत भाद्र २६ गते शुक्रबार दिउँसो ४:३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै निर्देशनालयले पुष्टि गरेको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ