नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड, घरेलु मैदानमा पीएसजी पराजित

नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड, घरेलु मैदानमा पीएसजी पराजित

neymaar

लिग वान अन्तर्गत तनाबपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित बनेको छ । आइतबार राति भएको लिगको आफ्नो दोस्रो खेलमा पीएसजी घरेलु मैदानमा मार्सीलेसंग १–० ले पराजित बनेको हो ।

दोस्रो हाफको इन्जुरी समयमा पीएसजीका तीन सहित ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेलको अन्तिम मिनेटमा पीएसजी स्टार नेयमारले समेत रातो कार्ड खादै मैदानबाट बाहिरिनु परेको थियो । खेलको ३१ औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समय झडपमा परिणत भएको थियो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो । मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफुमाथि जातिय टिप्पणी गरिएको बताएका थिए ।

लिग वानको सुरुवाती दुई खेलमा पीएसजीले हार ब्यहोरेको छ । सन् १९८४–८५ पछि पहिलो पटक लिग वानमा पीएसजी सुरुवाती दुई खेलमा पराजित बनेको हो । पीएसजीको घरेलु मैदानमा करिब ५ हजार दर्शक उपस्थित रहेका थिए । खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो ।

रेफ्रीले भिडियो फुटेजको सहायता मार्फत नेयमारलाई कार्ड देखाएका थिए । उनले अल्वारो गोन्जालेजको टाउकोमा हातले हानेको देखिन्थ्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ