तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन ३५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । आइतबार विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेकाहरुलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेका पक्राउ गर्ने अभियान अन्तर्गत तनहुँ प्रहरीले उनिहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक युवारज तिमिल्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेमा ठगी, बहुविवाह, नागरिकता किर्ते, वन, सार्वजनिक अपराध तथा देवानी मुद्दाका प्रतिवादी रहेका छन् ।
अदालतबाट फैसला भई दुइसय देखि दुइ लाख रुपैयाँसम्म जरीवाना सजाय तोकिएका र तोकिएको जरीवाना भुक्तान नगरी हालसम्म फरार रहेका विभिन्न ठाउँका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयबाट पक्राउ गरिएकाहरुबाट चार लाख १६ हजार ३२५ रुपैयाँ भुक्तानका लागि जिल्ला अदालत तनहुँ उपस्थित गराइएको छ ।
बहुविवाह मुद्दाका प्रतिवादी कारागार चलान
यस्तै, बहुविवाह मुद्दामा अदालतबाट एक वर्ष तीन महिना कैद तोकिएका एक प्रतिवादी कारागार चलान भएका छन् ।
तनहुँको भानु नगरपालिका-११ का २८ वर्षीय बाबुराम आलेलाई जिल्ला अदालत तनहुँले आइतबार कैद भुक्तानका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
बहुविवाह मुद्दामा आले विरुद्ध जिल्ला अदालतले वि.सं. २०७३ मंसिर १५ गते एक वर्ष ३ महिना कैद र पाँच हजार रुपैयाँ जरीवानाको फैसला सुनाएकोमा तोकिएको कैद मध्ये १ वर्ष २ महिना ३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही लुकिछिपी बस्दै आएका उनलाई आइतबार सम्बन्धित घरवतनबाटै पत्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागु औषध गाँजा सहित पक्राउ
तनहुँ प्रहरीले लागु औषध गाँजा सहित दुइ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा-२६ बुडिबजार बस्ने वर्ष २८ का सुमन सुनार, धादिङ त्रिपुरासुन्दरी-१ स्थायी वतन भई पोखरा-२९ भण्डारढिक बस्ने वर्ष २१ का राठोर भन्ने बिक्री गिरीलाई पक्राउ गरेको हो ।
गत शुक्तबार साँझ ती युवाहरुलाई तनहुँको आँबुखैरनी-४ पुलजिप स्थित राजमार्गमा चेकिङमा खटिएको प्रहरी टोलीले मुगलिनबाट आँबुखैरनी तर्फ आउदै गरेको ग४प ७०५९ नं. मोटरसाइकल सुमनलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेकाले बोकेको प्लाष्टिक झोलामा ५ वटा पोका बनाई लुकाई छिपाई ओसार पसार गर्दै गरेको अवस्थामा ४ किलो ७५ ग्राम अबैध लागु औषध गाँजा फेला परेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी गराएका छन् ।
पक्राउ परेका दुबै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराइ ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?