मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

messi

कप्तान लियोनल मेस्सी फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् ।

फोर्ब्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका छन् । जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको फोर्ब्सले जनाएको छ।

सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको दोस्रो स्थानमा इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोको कमाइ ११७ मिलियन अमेरिकी डलर रहेको छ। जसमा रोनाल्डोले तलबबाट ७० मिलियन अमेरिकी डलर कमाएका छन्। उनले बाँकी ४७ मिलियन अमेरिकी डलर प्रायोजनमार्फत प्राप्त गरेका छन्।

सर्वाधिक कमाइ गर्ने फुटबलरको तेस्रो स्थानमा फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमार छन्। नेइमारको कमाइ ९६ मिलियन अमेरिकी डलर रहेको छ। जसमा ७८ मिलियन तलब र १८ मिलियन प्रायोजनमार्फत प्राप्त भएको छ।

चौथो स्थानमा पिएसजीकै फ्रेञ्च फरवार्ड केलियन एमबाप्पे छन्। एमबाप्पेको कमाइ ४२ मिलियन अमेरिकी डलर रहेको छ। उनले २८ मिलियन तलब र १४ मिलियन प्रायोजनबाट प्राप्त गरेका छन्।

सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

१) लियोनल मेस्सी– १२ करोड ६० लाख डलर

२) क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर

३) नेयमार– ९ करोड ६० लाख डलर

४) केलियन एमबापे– ४ करोड २० लाख डलर

५) मोहम्मद सलाह– ३ करोड ७० लाख डलर

६) पउल पोग्बा– ३ करोड ४० लाख डलर

७) एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर

८) गेराथ बेल– २ करोड ९० लाख डलर

९) रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर

१०) डेभिड डि गेया– २ करोड ७० लाख डलर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ