अभिभावकहरूले आफ्नो सन्तानको खुसीका लागी कैयौं प्रकारका सानाठुला त्यागहरू गरिरहेकै हुन्छन् ।आफ्नो सन्तानलाई खुसी राख्न उनीहरूका हरेक हठलाई पुरा गर्दछन् । तर अभिभावकको यहि त्यागलाई बच्चाहरू जिद्दी हुन पुग्दछन् ।
कालान्तरमा उनीहरूको जिद्दी एक स्वभाव बनिदिन्छ र यीनै बच्चाहरू अभिभावकको नियन्त्रणमा आउदैनन् । तसर्थ बच्चाको हठलाई सुधार्ने केहि उपायका बारेमा चर्चा गर्नेछौ ।
कराउनेरपिट्ने गर्नु हुदैन
कैयौं पटक अभिभावकहरू सन्तानको हठलाई पुरा गर्न नचाहे वा नसके उनीहरूलाई कराउने र पिट्ने गर्दछन् । तर कराउँदा वा पिट्दा उनीहरूको हठ केहिबेर शान्त त होला तर यो सुधारमा भने आउदैन ।
साथै यसले बालबालिकको मानसिकतामा असर समेत पार्दछ । र कतिपय अवस्थामा डिप्रेशन समेत हुनसक्छ । जसले गर्दा उनीहरूको मनोबल गिर्ने गर्दछ । र कुनै पनि काम गर्नु पुर्व उनीहरू डराउने गर्दछन् । तसर्थ बालबालिकाको हठ पुरा गर्न नचाहादाँँ उनीहरूलाई कराउनुको सट्टा सम्झाउन तर्फ लाग्नुहोस् ।
तपाईको सुझाव वा रिसलाई ठट्टा बनाएमा
कतिपय बच्चाहरू नकराउने वा नपिट्ने अभिभावकको रिस वा सुझावलाई ठट्टामा लिने गर्दछन् । यदि यस्तो भएम वा तपाईलाई बच्चाले धेरै दुखः दिएमा प्रथमत यसलाई वेवास्ता गर्नुहोस् । तर यदि उसमा सुधार नआएमा चेतावनी दिनुहोस् ।
हठलाई पुरा नगर्नुहोस्
यदि तपाईको बच्चा कुनै हठ गर्छ भने त्यसलाई तत्काल पुरा नगर्नुहोस् । मानौ खाना खाए लगत्तै बच्चाले चकलेट वा कुनै सामाग्री मागेमा उसको डिमाण्ड तर्फ ध्यान नदिनुहोस् । यसो गरेमा बच्चाले बिस्तारै बिस्तारै आफ्नो माग भुलेर जान्छ र सामान्य व्यवहार गर्दछ ।
हठमा परिवर्तन गर्नुहोस्
यदि बच्चाले कुनै कुरामा जिद्दि गरिरहेको छ भने त्यसको सट्टामा अर्को कुनै वस्तुमा भुलाउने प्रयाश गर्नुहोस् । मानौ तपाईको बच्चाले नयाँ खेलौना मागिरहेको छ भने उसलाई पुरानो खेलौना दिएर भुलाउनुहोस् । यो नियम हरेक उमेरको बच्चामा लागु हुने गर्दछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह