पोखराका २८ सहित कास्कीमा बिहानै २९ जनामा कोरोना पुष्टि

पोखराका २८ सहित कास्कीमा बिहानै २९ जनामा कोरोना पुष्टि

Pokhara beauty

पोखरा – बुधबार बिहान पोखराका २८ सहित कास्कीका २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका ९ वटा वडामा २८ र कास्कीको रुपा गाउँपालिकाका १ जना गरी कास्कीमा कूल २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ८ का ४२ र ४१ वर्षीय पुरुष र ४० वर्षीया महिला, पोखरा ५ का २२ वर्षीय पुरुष, पोखरा ११ का १६, १०, २९, ५७ वर्षीय पुरुष सहित २४ वर्षीया महिला, पोखरा २७ का ३३, २३, ३४ र २८ वर्षीय पुरुष र पोखरा ४ का ४७, २४, २७, २९, २३, २५, २६ र २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै पोखरा १५ का ४० वर्षीय दुई जना पुरुष, पोखरा १० का १८ वर्षीया महिला र ९ वर्षीय बालक, पोखरा ९ का ४४ वर्षीय पुरुष, पोखरा १ का २५ वर्षीया महिला, पोखरा ६ का २१ वर्षीय पुरुष र रुपा गाउँपालिका १ का २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

आज पुष्टि भएका संक्रमित मध्ये पोखरा ४ का ८ जना पुरुष नेपाल प्रहरीमा कार्यरत, पोखरा १५ का ४० वर्षीय दुई जना पुरुष, पोखरा २७ का २८ वर्षीय पुरुष र पोखरा ६ का २१ वर्षीय पुरुष हालै मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । भने, पोखरा १ का २५ वर्षीया महिला पृथ्बीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेको बुझिएको छ ।

यस्तै कास्कीको रुपा गाउँपालिकाका २७ वर्षीय पुरुष हालै इलामबाट आएर क्वारेन्टाइनमा बसेका पुरुष  रहेको निर्देशनालयले जनाएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds