आज विश्वकर्मा पूजा गरिँदै

आज विश्वकर्मा पूजा गरिँदै

vishwakarma puja

आश्विन सङ्क्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ । आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गर्ने चलन छ ।

देशका विभिन्न भागमा रहेका मजदुरहरुले ध्वजापातकाले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् । झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ