बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी खेप्नुपरिरहेको हुन्छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले नयाँ विभिन्न अनुभव लिइरहेका हुन्छन् । आफ्नो वरिपरि दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छ । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ ।
कारण
-कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासि अर्धहोस भएर रुन्छन् ।
-बच्चाले सानैदेखि सपना देख्ने गर्छन् । यही क्रममा कहिलेकाहीँ डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात् ब्युँझिन्छन् र रुन थाल्छन् ।
-बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्छन् । कहिलेकाहीँ बीच–बीचमा असहज अनुभूति गर्छन् । यसको प्रभावस्वरूप राति भएपछि रुन थाल्छन् ।
-दिनको समयमा बच्चा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अँध्यारोदेखि डराएर एक्लो महसुस गर्छन् ।
-साथै, सुत्ने ठाउँ आरामदायी नहुँदासमेत उनीहरू रुन्छन् ।
-बच्चाको आसपासको तापक्रम घटबढ ९जाडो या गर्मी० हुँदा निद्राबाट ब्युँझिएर बच्चा रुन थाल्छन् ।
-बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा ओछ्यान चिसो हुन्छ । चिसो भएपछि बच्चा रुन थाल्छ ।
सम्बन्धित खबर
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु