बायर्नको ८-० को फराकिलो नतिजा, गनाब्रीको ह्याट्रिक

बायर्नको ८-० को फराकिलो नतिजा, गनाब्रीको ह्याट्रिक

maxresdefault

सर्ज गनाब्रीको ह्याट्रिकमा साविक विजेता बायर्न म्युनिखले गएराति साल्केमाथि ८-० को फराकिलो नतिजा निकाल्दै जर्मन बुन्डेसलिगामा दमदार सुरुआत गरेको छ।

बायर्नबाट डेब्यू गरेका लोरी सानेले पनि आफ्नो प्रभाव जमाउन सफल भए। एक गोल गरेका सानेले अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए।

जितसँगै हान्सी फ्लिकको बायर्नले लिगमा अपराजित यात्रालाई २२ खेलसम्म लम्बाएको छ। साने र गनाब्रीबाहेक बायर्नको जितमा रोबर्ट लेवनडोवस्की, लियोन गोरेट्जका, थोमस मुलर र १७ वर्षे जमल मुसिलाले गोल गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ