‘रेड वाइन’ फिल्ममा पल र साम्राज्ञी अनुबन्ध

‘रेड वाइन’ फिल्ममा पल र साम्राज्ञी अनुबन्ध

Paul Samgrage

काठमाडौं – कलाकार पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने भएका छन् । ‘रेड वाइन’ नामक फिल्ममा यी दुईले शीर्ष भूमिका निभाउने भएका छन् ।

फिल्मको निर्देशन रमेश एमके पौडेलले गर्ने जनाइएको छ । यही फिल्मबाट पौडेलले निर्देशनमा डेब्यु गर्दैछन् ।त्यस्तै फिल्मको छायांकन अमेरिकामा हुने जनाइएको छ । साथै फिल्ममा सन्दीप क्षेत्रीको पनि शीर्ष भूमिका रहनेछ ।

आर्यन फिल्मस् प्रोडक्सन प्रालि र बोधी एचडीले निर्माण गन लागेको यो फिल्मलाई सबिर श्रेष्ठले लेखेका हुन् । यो फिल्मको छायांकन दशैं र तिहारको बीचमा हुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ