मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

mumbai indians

काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता टोली मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

सेख जायद स्टेडियममा मुम्बई इन्डियन्स जितका लागि दिएको १९६ रनको लक्ष्य पछएको कोलकक्ताले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४६ रन बनाउन सक्यो ।

कोलकाताका लागि दिनेश कार्तिकले सर्वाधिक ३० रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले ३३ रन बनाउँदा नितिस रानाले २४, आइन मोर्गानले १६ तथा आन्द्रे रसेलले ११ रनको योगदान गरे ।

बलिङतर्फ कोलकक्ताका लागि जस्प्रित भुम्राहा, ट्रेन्ट बोल्ट, जेम्स पाटिन्सन, राहुल चहारले समान दुई–दुई विकेट लिए । त्यस्तै किरन पोलार्डले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले ।

५४ बल खेलेका उनले ३ चौका र ६ छक्काको सहयोगमा ८० रन बनाएका हुन् । मुम्बईका लागि सुर्य कुमार यादवले ४७ रनको योगदान गरे । त्यस्तै सौरव तिवारीले २० रन बनाउँदा हार्दिक पाड्याले १८ रन बनाउदा पोलार्डले १३ रन बनाउन सफल भए ।

बलिङतर्फ कोलकक्ताका लागि शिभम मावीले दुई विकेट लिए । त्यस्तै कप्तान सुनिल नारायण र आन्द्रे रशेलले एक–एक विकेट लिए । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले पहिलो जित निकालेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ