राहुको अशुभ प्रभावका कारण कुन राशीमा कस्तो प्रभाव

राहुको अशुभ प्रभावका कारण कुन राशीमा कस्तो प्रभाव

om

वैदिक ज्योतिषमा क्रुर मानिने राहु ग्रहको राशी परीवर्तन यो बर्षको ठुलो ज्योतिषीय घटना मानिएको छ । राहुको नाम मात्र सुन्दा पनि मानिसको मनमा भय र नकारात्मक भाव आउने गर्दछ । राहुको अशुभ प्रभावका कारण कैयौं जातकलाई मानसिक तथा शारीरिक कष्ट भोग्नु पर्ने हुन्छ ।

शनि पछिको राहुरकेतु नै यस्ता ग्रह हुन् जो एक राशीमा लामो समय अर्थात लगभग १८ महिनाको अवधीसम्म रहने गर्दछ । त्यसैले राहुको राशी परिवर्तन एक ठुलो ज्योतिषीय घटना मानिने गर्दछ । मान्यता अनुसार राहुको कृपा जुन राशीमा हुन्छ, उसलाई रंकबाट राजा बनाउने संभावना हुन्छ ।

अहिले मिथुन राशीमा रहेको राहु असोज ७ गते बिहान ८ बजेर ३५ मिनेटमा वृष राशीमा गोचर गर्नेछ । राहुको राशी परिवर्तनले कुन राशीका ब्यक्तिलाई नकारात्मक कुन राशीलाई सकारात्मक प्रभाव पार्नेछ ।

मिथुन राशी
यस राशीका जातकलाई राहुको यस गोचरले शारीरिक र मानसिक समस्या निम्त्याउने छ । कुनै पनि निर्णय लिन कठिनाई हुनेछ । सबैका साथ स्नेह बनाउनु होला । गृहस्थ जीवनमा उतारचढाव भोग्नु पर्ने हुनसक्छ ।

मेष राशी
यस राशीका जातकलाई राहुको यस गोचरले शुभ परिणाम लिएर आएको छ । यस गोचरको प्रभावले स्वास्थ्य तथा आर्थिक स्थितिमा सुधार हुनेछ । आत्मविश्वास बढ्नेछ साथै मित्रद्धारा सहयोग प्राप्त हुनेछ । तर वैवाहिक जीवनमा भने खासै राम्रो हुनेछैन ।

कर्कट राशी
यस राशीका जातकलाई राहुको यस गोचरले विदेश यात्रा गराउन सक्ने संभावना बनाउँछ । खर्चमा बढोत्तरी हुनेछ साथै रोकिएको धन फिर्ता हुन सक्छ । तर खर्चमा लगाम लगाउनु होला अन्यथा ऋण लिनुपर्ने हुनसक्छ ।

तुला राशी
यस राशीका जातकलाई राहुको यस गोचरले समस्या निम्त्याउने छ । यस पटक भाग्यमा भन्दा कर्ममा भरोशा गर्नु उपयुक्त हुन्छ । राहुका कारण भाग्य कमजोर हुनाले बनेको काम पनि बिग्रन सक्छ । निर्णय लिदाँ सोचेर मात्र लिनुहोला ।

वृष राशी
यस राशीका जातकलाई राहुको यस गोचरले आर्थिक जीवन प्रभावित बनाउने छ । परिवारमा कलह निम्त्याउने छ । बोल्दा सावधानी अपनाउनु होला । ऋण लिनबाट बच्नुहोला अन्यथा झन्झटमा पर्ने संभावना रहन्छ ।

सिंह राशी
यस राशीका जातकलाई राहुको यस गोचरले राम्रो परिणाम दिलाउनेछ । आम्दानीमा बढोत्तरी हुनेछ भने यो समय राजयोगकारी छ । विपरीत परिस्थितिमा समेत अघि बढ्ने संभावना छ । विद्यार्थी वर्गमा भने यो समय अनुकुल छैन ।

कन्या राशी
यस राशीका जातकलाई राहुको यस गोचरले हानी गर्दैन । हुनत कार्यक्षेत्रमा कैयौं बाधाको सामना गर्नुपर्ने हुनसक्छ र काम बिग्रन सक्छ । तर अध्यात्ममा रुची बढ्नेछ । धन, यश एवं प्रतिष्ठामा वृद्धि हुनेछ । जोखिमयुक्त कुनै काम हात नलिनु होला ।

मीन राशी
यस राशीका जातकलाई राहुको यस गोचरले परीवारमा स्वास्थ्य समस्या भोग्नु पर्ने हुनसक्छ । सुखमा कमी आउनेछ । भूमि, भवन एवम् वाहन सुख अनुकुल रहको छ । भौतिक सुख सुविधामा तनाव भोग्नुपर्ने हुन्छ ।

वृश्चिक राशी
यस राशीका जातकलाई राहुको यस गोचरले लामो समयदेखि लगनका साथ गरेको कामले लाभ दिलाउने संभावना रहेको छ । मेहनतका हरेक काममा यस पटक सफलता मिल्नेछ । वाहन चलाउँदा सावधानी अपनाउनु होला ।

धनु राशी
यस राशीका जातकलाई राहुको यस गोचरले सहकार्यमा गरेको कार्यले अधिक फाइदा दिनेछ । जीवनसाथीसंग मतभेद हुनसक्छ । प्रेम सम्बन्धमा निराशा हात लाग्नेछ । परिश्रमले गरेको काममा प्रयाश अनुरुप सफलता प्राप्त हुनेछ ।

कुम्भ राशी
यस राशीका जातकलाई राहुको यस गोचरले सन्तानतर्फको समस्या निम्त्याउन सक्छ । यो समय विद्यार्थी वर्गमा भने राम्रो समय रहेको छैन । दाजुभाइसँग वैचारिक मतभेद तथा कार्यक्षेत्र र व्यापारमा रुकावट आउने छ ।

मकर राशी
यस राशीका जातकलाई राहुको यस गोचरले ऋणमा वृद्धि गराउन सक्छ । यस समय शत्रु हावी हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । कुनै पुरानो रोग समेत निको भएर जानेछ । खच बढेपनि कार्यक्षेत्रमा प्रगती बढ्ने संभावना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds