बायर्नले उचाल्यो यूईएफए सुपर कपको उपाधि

बायर्नले उचाल्यो यूईएफए सुपर कपको उपाधि

super_cup_

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहिबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि उचालेको हो ।

करिब २० हजार दर्शक उपस्थित रहेको खेलमा बायर्नले उपाधि उचालेको हो । कोरोना महामारीपछि पहिलो पटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमती दिईएको थियो । खेलमा अग्रता सेभियाले १३ औं मिनेटमा लुकास ओकम्पोसको पेनाल्टी गोलमा लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाँएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।

बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि विजयी गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मार्टिनेजले बायर्नका लागि विजयी गोल गरेका हुन् । बायर्नले गत महिनामात्र च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । जर्मन क्लबले आफ्नो जितको यात्रालाई २३ खेलसम्म पुर्याएको छ । सेभियाले भने गत सिजन युरोपा लिगको उपाधि उचालेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ