संसारभरि कोरोनाभाइरसको प्रकोप बढिरहँदा कमजोर रोगप्रतिरोधक क्षमता भएकाहरूले यसको शिकार छिट्टो हुने देखिएको छ ।
पोषणविद्हरूले तीन प्रकारका भिटामिनले मानिसको इम्युन सिंस्टमलाई बूस्ट गर्न सक्ने र सबै किसिमका रोगबाट बच्न सकिने बताएका छन् ।
भिटामिन सी
भिटामिन सी इम्युन सिस्टमलाई राम्रो राख्ने महत्त्वपूर्ण स्रोत हो । भिटामिन सीका लागि केही कुराहरू आहारामा पार्नु जरूरी छ ।
सुन्तला, मौसम, स्ट्रबेरी, भेडेखुर्सानी, पालुंगो र बुर्काउलीमा भिटामिन सी प्रशस्त पाइन्छ । दिनदिनैको आहारामा यी खानेकुरा अवश्य पार्नुहोला । ड्रागन फ्रुटमा पनि व्यापक मात्रामा भिटामिन सी पाइन्छ ।
भिटामिन बी–६
इम्युन सिस्टमलाई राम्रो बनाउन भिटामिन बी–६ पनि आवश्यक छ । यसका लागि चिकन, अण्डा, माछा आवश्यक हुन्छ । अनि चिसो पानी पनि भिटामिन बी–६ पनि राम्रो स्रोत छ ।
शाकाहारीहरूका लागि सोयाबीन, चना, दूध र आलुमा भिटामिन बी–६ उपलब्ध हुन्छ । हरियो सागपातमा पनि यो भिटामिन हुन्छ ।
भिटामिन ई
शरीरबाट रोगलाई टाढा राख्न पनि भिटामिन ई आवश्यक हुन्छ । त्यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई संक्रमणसँग लड्ने तागत दिन्छ ।
ओखर, बदाम र पालुंगो अनि विभिन्न किसिमका दानाहरूले भिटामिन ई शरीरलाई दिन्छन् । बुर्काउलीमा पनि यो भिटामिन पाइन्छ ।
कोरोनासँग लड्न इम्युन सिस्टम बलियो हुनु जरूरी छ । वृद्धहरूको इम्युन सिस्टम कमजोर हुने हुँदा उनीहरू कोरोनाको चपेटामा छिट्टै पर्छन् । अहिले भइरहेका मृत्युमा वृद्धहरूको संख्या बढी छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन