आईपीएल: सन्दीप आवद्ध दिल्लीको लगातार दोस्रो जित, चेन्नाई ४४ रनले पराजित

आईपीएल: सन्दीप आवद्ध दिल्लीको लगातार दोस्रो जित, चेन्नाई ४४ रनले पराजित

delhi capitals

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित हात पारेको छ।

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनमा रोकियो। चेन्नईका लागि फाप डु प्लेसिसले ४३ र केदार जाधबले २६ रन जोडे। दिल्लीका कागिसो राबडाले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।उसका ओपनर पृथ्वी शले ४३ बलमा ९ चौका र १ छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै शिखर धवनले ३५ रन जोडे।

चेन्नाईका पियुस चावालाले २ विकेट लिए। दिल्लीको यस खेलमा पनि सन्दीपले मौका पाएनन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds