आज विश्व पर्यटन दिवस

आज विश्व पर्यटन दिवस

Capture

आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हो । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आएको छ ।

दिवसको अवशरमा संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भटट्राईले शुभकामना समेत दिएका छन् । मन्त्री भटट्राईले पर्यटन क्षेत्रको सबैभन्दा ठूलो पर्वका रूपमा लिइने पर्यटन दिवसका अवसरमा विश्वभरिका पर्यटक, पर्यटन व्यवसायी, सरोकारवाला तथा आम जनसमुदायमा ४१ औं विश्व पर्यटन दिवस–२०२० का अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन हो त्यसैले अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ । पर्यटन व्यवसायीहरुले दिवशको अवशरमा हाइकिङ, ट्रेकिङका कार्यक्रमहरु आयोजना गरी मनाउने भएका छन् । पर्यटन व्यवसायी ङवाङङिमा शेर्पा सहितको टोली हाइकिङ सहित पर्यटन दिवश मनाउने तयारीमा रहेको बताए । कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्रको सुधार गर्न र आन्तरिक तयारीका साथ पर्यटन प्रवद्र्धन गर्न व्यवसायीहरुले योजना बनाउनु पर्ने उनको सुझाव छ । कोरोना भाइरस समाप्तसँगै देशभर विदेशीका लागि उत्कृष्ट गन्तव्यको रुपमा पहिचान दिन थप तयारी गर्नु पर्ने जरुरी रहेको समेत मन्त्रीले शुभकामना दिने क्रममा उल्लेख गरेका छन् ।

नेपालमा गुणस्तरीय पर्यटन प्रर्वद्धनका लागि पर्वतारोहण र पर्वतीय पदयात्रानै मुख्य हो यसको थप व्यवस्थापनमा राज्यले समेत जोड दिनु पर्ने जरुरी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ