एनसीबीको सोधपुछका क्रममा डराइन् दीपिका, बयान फेरि लिइने

एनसीबीको सोधपुछका क्रममा डराइन् दीपिका, बयान फेरि लिइने

deepika padukone

शनिबार बलिउडका केही नायिकासँग भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले बयान लियो । बयानका क्रममा नायिका साराअली खान, रकुल प्रित सिंह र श्रद्धा कपुरले आफ्नो अडान स्पष्ट रुपमा राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुले ड्रग्स सेवन नगरेको अडान राखेका थिए ।

तर, नायिका दीपिका पादुकोण पनि स्पष्ट अडानमा उभिन नसकेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार, दीपिकाको बयान बारम्बार बदलिएको थियो । उनी, बयानका क्रममा रोकिएकी समेत दिइन् ।

दीपिकालाई यो घटनाले गहिरो असर पारेको भारतीय मिडियाले जनाएका छन् । शुक्रबार बेलुकी चार्टर प्लेनबाट मुम्बइ आएकी दीपिकाले आफ्ना वकिलहरुसँग छलफल समेत गरेकी थिइन् । तर, शनिबार बयानका क्रममा भने दीपिकामा आत्मविश्वास नदेखिएको बताइएको छ ।

एनसीबीले नायिकाहरुलाई अब कहिले बयानका लागि बोलाउँछ पक्का छैन । तर, कुनै पनि समयमा नायिकाहरुलाई बयानका लागि बोलाउन सक्ने दाबी भारतीय मिडियाको छ । शनिबार बलिउडका ४ नायिकाको मोबाइल समेत जफत गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds