आइपिएल: सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी

आइपिएल: सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी

rcb

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोर सुपरओभरमा विजयी भयो । बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो । देबदत्तको हातबाट क्याचआउट हुनुअघि मुम्बईका लागि इशान किशनले ९९ रन जोडेका थिए । शतक बनाउन १ रनले चुकेका किसनले मात्र ५८ बलको सामना गरेर ९ छक्का र २ चौका प्रहार गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बंगोरका लागि देवदत्तले ५४ र अरोज प्रिन्चले ५२ रनको योगदान दिएका थिए । एडीभिलियर्सले २४ बलमा ५५ र शिवम् दुवेले १० बलमा २७ रनको योगदान दिएका थिए । जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ ।

बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो ।

मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।
मंगलबार साँझको खेलमा दिल्ली क्यापिटलले सनराइजर हैदरवादको सामना गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ