फुर्सदको बेला वा कामधन्दा नभएको बखत मात्र होइन, व्यस्त समयमा पनि कतिपय दिँउसै सुत्ने गर्छन् । दिँउसो सुत्ने बानी हुन्छ । खासगरी बिहानको खाना खाइसकेपछि उनीहरु ओछ्यानमा पस्छन् ।
यस्तो बानी भएका मानिसहरुलाई दिँउसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ । दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन् ।
त्यस्तै दिँउसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ ।
सामान्य अनुमान गर्न सकिन्छ, दिँउसो सुत्नु उचित होइन । एक त यो हाम्रो शरीरको जैविक घडी विपरित काम भयो, अर्को चाहिँ आफ्नो कामधन्दामा असर गर्ने भयो । किनभने दिँउसोको समयमा नै हामी अधिकांशले आफ्नो काम व्यवहार पुरा गर्छौं । त्यसैले दिँउसो सुत्ने बानीले गर्दा आफ्नो नियमित काममा अवरोध पुग्छ । कतिपय महत्वपूर्ण कामहरुमा पनि यसले असर गर्न सक्छ ।
महत्वपूर्ण कुरा त के भने हाम्रो शरीरको सुत्ने र उठ्ने निश्चित तालिका हुन्छ, जसलाई जैविक घडी भनिन्छ । प्रकृतिसँगै शरीरको तालमेल मिलाउँदै सुत्ने, उठ्ने, खाने, बस्ने प्रक्रियालाई यसले व्यवस्थित गर्छ । यस हिसाबले जब सूर्योअस्त हुन्छ वा रात पर्छ तब हाम्रो शरीरले विश्राम खोज्छ । शरीरको प्राकृतिक आवश्यक्ता अनुसार राती मात्र सुत्नुपर्छ । अतः यस बखत हामीलाई ७ देखि ८ घण्टासम्मको गहिरो निद्रा जरुरी हुन्छ ।
दिँउसो सुत्ने बानीले हाम्रो शरीरको आफ्नो प्रक्रियालाई क्रमभंग गर्छ । सुत्ने, उठ्ने, खाने, बस्ने तालिका गडबड बनाइदिन सक्छ । जब हाम्रो दिनचर्या असन्तुलित हुनपुग्छ, शरीरिक समस्याहरु सुरु हुन्छ ।
कतिपय मुलुकमा कार्यथलोमा नै दिँउसोको समयमा सुत्न दिइने व्यवस्था छ । यद्यपि यो सुताई क्षणिक एवं निश्चित समयको लागि हुन्छ । यसरी सुत्दा शरीरलाई पूर्ण विश्राम मिल्ने र त्यसले अनेक फाइदा गर्ने विभिन्न शोधमा उल्लेख छ ।
खासगरी कामको थकान मेट्न यसरी सुत्नु राम्रो मानिन्छ । सुतेको बखत शरीरलाई राम्रो विश्राम पाउने भएकाले तनाव र थकान कम हुन्छ । मन शान्त हुन्छ र शरीरले आनन्दित महसुष गर्छ । त्यसैले निश्चित समयका लागि दिउँसो सुत्नुलाई हानिकारक मानिदैन ।
जो मानिस दिउँसोको समयमा १५–३० मिनेट निदाउँछन् उनीहरुको अल्छीपना टाढा हुन्छ । त्यस्तै तनाव वा मानसिक थकानलाई टाढा गर्न चाहनुहुन्छ भने दिउँसो ९० मिनेट निदाउनु राम्रो हुन्छ ।
यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन । यसले कुनै फाइदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु