आईपीएल: हैदरावादको पहिलो जीत

आईपीएल: हैदरावादको पहिलो जीत

hiderbad

इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जीत हासिल गरेको छ । गएराति भएको सिजनको तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो ।

सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धावनले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै रिशव पन्तले २८ रन दिलाए भने शिम्रोन हेटमायर २१ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट लिँदा कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । हैदरावादका लागि जोनी बेरेस्टोले ४८ बलमा २ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए ।

त्यसैगरी डेविड वार्नरले ४५ रन बनाउँदा केन विलियम्सनले ४१ रनबको योगदान गरे भने हैदरावादका लागि हैदरावादका लागि अब्दुल सामले १२ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडले समान दुई–दुई विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ