इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले किंग्स ११ पञ्जाबलाई पराजित गरेको छ। शेख जायेद स्टेडियम अबुधावीमा भएको खेलमा मुम्बईले पञ्जाबलाई ४८ रनले हराएको हो। जितसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो। पञ्जाबका लागि निकोलक पुरनले ४४ तथा मयंक अग्रवालले २५ रन बनाए।
त्यस्तै, कृष्नाप्पा गौतमले २२ रन, के एल राउलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन बताए। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।
पञ्जाबलाई १४३ रन मै रोक्न मुम्बईका जेम्स प्याटिन्सन, जसप्रित बुमराह र राहुल चहरले २र२ तथा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले एकरएक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।
मुम्बइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाउँदा किइरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गरेर अभिजित रहँदै क्रमश २० बलमा ४७ रन तथा ११ बलमा ३० रन जोडे। त्यस्तै इसान किसनको २८ रन महत्वपूर्ण रह्यो।
अर्धशतकीय पारी खेलेका शर्माले आईपीएलमा ५ हजार रन समेत पूरा गरेका छन्। उनी भन्दा अघि चेन्नइ सुपर किंग्सबाट शुरेश रैना र रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बिराट कोहलीले ५००० रन पूरा गरेका छन्।
पञ्जाबका लागि सेल्डन कोट्रेल, मोहम्मद सामी र कृष्णप्पा गौथमले समान १र१ विकेट लिए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु