एजेन्सी । कोभिड–१९ सम्बन्धी हालै गरिएका नयाँ रिसर्चहरुमा रुघाखोकी या ज्वरो भन्दा गन्ध र स्वाद थाहा नपाउनु यसको अझ स्पष्ट संकेत हुन सक्ने पत्ता लागेको छ ।
युनिभर्सिटी कलेज लन्डनले सुँघ्ने क्षमता गुमाएका ५९० जनामा गरेको अध्ययनमा उनीहरु मध्ये ८० प्रतिशतमा कोरोना भाइरसको एन्टिबडिज फेला परेको हो । र तीमध्ये ४० प्रतिशतमा यसबाहेक अन्य कुनै लक्षण देखिएको थिएन जसले पनि गन्ध थाहा नपाउनु कोभिडको अझ स्पष्ट संकेत हुन सक्ने देखाएको छ ।
गत अप्रिलदेखि नै सुँघ्ने अनि स्वाद थाहा पाउने क्षमता गुम्नु कोरोना भाइरसको लक्षण हुन सक्नेबारे विज्ञरुले खोजी गरिरहेका थिए । र सो तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि म मे महिनाको मध्यतिर यसलाई पनि कोभिडको आधिकारिक लक्षणमा समावेश गर्ने घोषणा भएको हो ।
अहिलेका अधिकांश स्वास्थ्य निर्देशिकाहरुमा गन्ध र स्वादमा फरक पर्नु या सो क्षमता हराएको अनुभव गर्नेहरुलाई कोभिडको परीक्षण गराउन सुझाव दिइएको छ । अध्ययनकी प्रमुख प्रोफेसर रेचल बेटरहेमका अनुसार खोकी र ज्वरो सबैले चिन्न सक्ने र बाहिरैबाट देखिने लक्षण भएका कारण अझैपनि प्रायःले संक्रमितहरुमा यिनै लक्षणको खोजी गर्ने गरेका छन् ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग