निरन्तर टाउको दुख्ने समस्या छ! कसरी छुटकारा पाउने ?

निरन्तर टाउको दुख्ने समस्या छ! कसरी छुटकारा पाउने ?

headache

विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ ।

माइग्रेन दिमागको एक भागमा मात्र हुन्छ र यो दुई घन्टादेखि ७२ घन्टासम्म रहन्छ । माइग्रेन भएको मानिसलाई अचानक बान्ता गर्न मन लाग्छ । उनीहरूलाई प्रकाश, ध्वनि वा गन्धका कुनै पनि किसिमले असहज स्थिति ल्याउँछ ।

पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउँछ । यसबाट मुक्ति पाउने घरेलु उपाय हामी यहाँ बताउँछौं । तुलसीको तेल प्रयोग गर्नुभयो भने माइग्रेनबाट छुटकारा पाउनुहुन्छ । यो तेलले मांसपेशीलाई शान्त बनाउँछ र टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउँछ ।

लवेन्डरको तेल कनपटीमा दल्नुभयो भने पनि आराम पाउनुहुन्छ । केरामा प्रशस्त पोटासियम हुन्छ र यसको बोक्रामा बरफ हालेर टाउकोमा बाँध्नुभयो भने पनि माइग्रेनबाट मुक्ति पाउनुहुन्छ । यसरी बोक्रा बाँध्दा निधारले पोटासियम सोसेर आराम दिन्छ ।

आलस खानुभयो भने पनि माइग्रेनबाट मुक्ति पाइन्छ । बकह्वीटमा रुटिन नामक तत्त्व हुन्छ जसले माइग्रेन घटाउन मद्दत गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds